तमोर नदीमा बगेर एक पुरुष बेपत्ता, खोजी कार्य जारी

मदन गौतम
बैशाख १३, २०८२

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ फुलवारीका एक पुरुष आज दिउसो खवाको तमोर दोभानमा नदीमा बगेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी प्रमुख रवि रावलका अनुसार करिब ५६ वर्षका जीतबहादुर बल तामाङ नदीमा बगेर बेपत्ता भएका हुन्। प्रहरी प्रमुख रावलका अनुसार फुलवारीस्थित तमोर नदी पौडी खेल्ने क्रममा नदीले बगाएको प्रहरीको भनाईछ । बेपत्ताको खोजीका लागि वडाध्यक्ष सेन्दाङ, स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थलतर्फ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*