मैवाखोलाले दलित शसक्तीकरणका लागि अध्यक्ष कोष सञ्चालन गर्न सुझाव संकलन गर्दै

वेलकम खबर
बैशाख १२, २०८२

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित लक्षित सिपमुलक,चेतनामूलक कार्यक्रम संचालन गर्ने गर्ने भएको छ ।पालिकाले आज दलित शसक्तीकरणका लागि अध्यक्ष कोष सञ्चालनका लागि वडा स्तरीय दलित समूह गठन तथा सुझाव संकलन कार्यक्रम वडा न १ मा सम्पन्न गरेको हो । पालिका अध्यक्ष विजय वनेमका अनुसार दलित जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग गर्नु र निरक्षर व्यक्तिहरूको तथ्याङ्क संकलन गरी साक्षर बनाउने दलित समुदायको परम्परागत सीप र सस्कृतिको जगेर्ना गर्दै विपन्न दलित समुदायलाई आवास,खानेपानी,चर्पी,गोठ सुधार लगायत पूर्वाधार निर्माणमा सहयोग गरी दलित समुदायलाई आर्थिक रुपमा जीवनस्तर उकास्ने खालका स्वरोजगार सम्बन्धी कार्यक्रम संचालन गर्न गर्नका लागि अध्यक्ष कोष सञ्चालन वडा स्तरीय सुझाव संकलन गरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*