भारतीय सेना  र नेपाली सेना  कञ्चनजङ्घा आरोहण गर्दै 

वेलकम खबर
बैशाख १२, २०८२


ताप्लेजुङ  । नेपाली सेना र भारतीय सेनाले एकै साथ विश्को तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहण गर्ने भएका छन् । भारतीय सेनाको तर्फबाट १० र नेपाली सेनाको तर्फबाट १३ जनाले कञ्चनजङ्घा आरोहण गर्ने भएको हो । 

२३ जनाको आरोहण दललाई आरोहण गर्दा लाग्ने सलामी दस्तुर नेपाल सरकारले  मिनाहा  गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सलामी दस्तुर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले  जानकारी दिनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा दस्तुर मिनाहा भएको हो । संयुक्त भारत नेपाल कञ्चनजङ्घा हिमाल आरोहण कार्यक्रमअन्तर्गत हिमाल आरोहणको कार्यक्रम रहेको उल्लेख छ । ८ हजार ५ सय ८६ मिटर उचाइको यो हिमाल आरोहणका लागि अन्य देशका नागरिक बेसक्याम्प पुग्न थालेका छन् भने आरोहणका लागि आवश्यक सामग्री बेस क्याम्प पुराइएको बताईएको छ । 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु