लेलिन जयन्तीको अवसरमा  ताप्लेजुङमा साहित्यिक समीक्षा 

वेलकम खबर
बैशाख ९, २०८२

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवस तथा १५६ औं लेनिन जयन्तीको अवसरमा मंगलवार प्रगतिशील लेखक संघ ताप्लेजुङले प्रगतिशील सृजना बाचन तथा साहित्य समिक्षा कार्यक्रम गरेको छ ।
कार्यक्रममा साहित्यसर्जकहरुले नेपालको विकास र समृद्धिको अभियानमा अघि बढ्न शीर्ष नेतृत्वलाई साहित्यिक सुझाव प्रस्तुत गर्दै विकृति र विसंगति बिरुद्ध चोटिलो प्रहार गर्नु भएको थियो । साहित्य सृजना र प्रस्तुतिमार्फत विकास र समृद्धिका अभियानलाई गतिशील बनाउन सम्वन्धित पक्षलाई दबाब सृजना गर्ने उद्देश्य सहित कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा १५६ औं लेनिन जयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको प्रगतिशील लेखक संघ ताप्लेजुङका अध्यक्ष प्रजिन हाङवाङले जानकारी दिनुभयो ।


नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्वो प्रमुख वक्ता रहेको कार्यक्रममा प्रगतिशील लेखक संघ कोशी प्रदेश समितिका सहसचिव कमलप्रसाद भट्टराई, साहित्य स्रष्टा भरतकुमार गुरुङ, लेकाली कान्छा मुक्कुम, शान्तिराम नेपाल, होमनाथ दाहाल, नवराज आचार्य, लक्ष्मीप्रसाद अधिकारी, रीता घिमिरे, बिपना बियोगी, लिला सुनुवार सहितको उपस्थिति थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव सन्तोष चाम्लिङ, वाईसिएलका जिल्ला संयोजक कैलाश मावो, नेकपा एसका कोशी प्रदेश समिति सदस्य शम्भु गौतम बुद्धिजीवि परिषद् ताप्लेजुङका सहसचिव माया तामाङ साम्सोहाङ, पत्रकार महासंघका जिल्ला अध्यक्ष सुवास आचार्य, पूर्व अध्यक्षद्धय खगेन्द्र अधिकारी र राजेन्द्र श्रेष्ठ, आनन्द गौतम पत्रकार महासंघका जिल्ला उपाध्यक्ष सन्तोष पुर्कुटी,रेडियो ताप्लेजुङका स्टशेन म्यानेजर देवराज गुरुङ, रेडियो काबेलीका स्टेशन म्यानेजर एलिना दियाली, रेडियो तमोरका समाचार बाचक बिक्रम लामगादे, ताप्लेजुङ विकास मञ्चका अध्यक्ष तथा अधिबक्ता सन्तोष प्रसाँई सहित युवा साहित्य स्रष्टाहरुको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*