घाईतेलाई थप उपचारको लागि लगियो काठमाडौ

वेलकम खबर
बैशाख ८, २०८२

ताप्लेजुङ । पाथीभरा क्षेत्रको  देउराली देखि काफ्ले पाटी बीचको सेवारो चोकमा आज विहान गाडीमा आगलागी भई घाईते भएका दुई जनालाई हेलिकोप्टर मार्फट थप उचचारको लागि काठमाडौ लगिएको छ ।
आज विहान पाथीभरा जाने क्रम सेवारो चोक नजिकै मे १ च ३०११ नम्बरको बुलेरो बिजुलीको पोलबाट खसेको तारमा ठोकिँदा आगलागी भई चार जनाको मृत्यु भएको थियो भने २ जना घाईते भएका थिए । घाईते ललितपुरको ललितपुर महानगरपालिका १० बस्ने ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भबिमय आचार्य थप उपचारको लागिअन्नपूर्ण हेलिकोप्टर मार्फत काठमाडौ पठाईएको प्रहरी नायव उपरीक्षक रवि राबलले जानकारी दिनुभयो । घाईतेको श्रीमान डा.निरन्जन आचार्यले दुबै जना घाईतेहरुलाई जिल्ला अस्पताल ताप्लेजुङबाट अन्नपुर्णा एयरको हेलिकोप्टरबाट काठमान्डौ हेम्स अस्पतालको लगिएको प्रहरीले जनाएको छ ।

गाडीमा आगलागी हुदाँ भद्रपुर १५ बस्ने ७० वर्षका बिनोद पौडेल, मावली हजुरआमा ६९ वर्षकी सरिता पौडेल तथा सवारी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बु बस्ने ४२ वर्षका दुर्गा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*