राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो
ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो सर्वसम्म चयन हुनुभएको छ। त्यस्तै संघको उपाध्यक्षद्वयमा समिर प्रधान र सीता गुरुङ यक्सो चयन हुनुभएको छ । सचिवमा जगदिश घिमिरे, उपसचिवमा मनकुमारी खुदाङ लिम्बू र कोषाध्यक्षमा नरमाया रेग्मी चयन हुनुभएको छ । साथै सदस्यहरुमा प्रकाश शेर्पा, प्रेम प्रसाईं, राधिका लिम्बू, युम्पी राई र सविना सारातुम्बाहाम्फे चयन हुनु भएको छ । संघको चौथो जिल्ला अधिवेशनले अध्यक्ष सहित ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । चौथो जिल्ला अधिवेशनमा संघका केन्द्रीय प्रतिनिधि लक्ष्मीमाया वनेमको उपस्थिती रहेको थियो ।


















