ताप्लेजुङका एक फरार अभियुत्त एघार वर्ष पछि पक्राउ

मदन गौतम
बैशाख ७, २०८२

ताप्लेजुङ । ताप्लेजुङका एक फरार अभियुत्त एघार वर्ष पछि फक्ताङलुङ गाउँपालिका एक सावादिनबाट पक्राउ परेका छन् । जबरजस्ती करणी उद्योग, चोरी र ज्यान मार्ने उद्योग मुद्दामा कैद र जरिवाना भएका अभियुक्त एघार वर्ष पछि पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका एक सावादिन घर भई हाल झापा दमक नगरपालिकामा बसोबास गर्दै आएका ४४ वर्षका उत्तरे भन्ने तेज कुमार लिम्बू रहेको बताईएकोछ । अभियुक्त लिम्बूले वि.सं. २०७० साल माघ सात गते साँझको समयमा खुकुरी बोकेर ताप्लेजुङकै तत्काल वर्ष ३६ की महिलाको घरमा गएर अलैँची बिक्री गरेर राखेको एक लाख चोरी गरि पीडितलाई मार्ने सम्मको धक्की दिई जबरजस्ती करणी गर्न खोजेको सुचना अधिकारी बस्नेतले बताउनुभयो ।

तत्काल घटनास्थलमा पीडितको देवर उपस्थित हुँदा लिम्बूले देवरलाई समेत मार्ने उद्देश्यले खुकुरी प्रहार गरी घाईते बनाई फरार भएका थिए । फरार रहेका लिम्बूलाई जिल्ला अदालत ताप्लेजुङले जबरजस्ती करणी उद्योग र चोरी मुद्दामा २०७६ साल जेठ २८ गते ६ वर्ष ६ महिना कैद र दुई लाख बीस हजार जरिवानाको फैसाला गरेको थियो । यस्तै सोही दिन ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैदको फैसाला पनि गरेको थियो । लिम्बुलाई शनिबार नै बाँकी कैद र जरिवाना भुक्तानीको लागि जिल्ला कारागार ताप्लेजुङमा पठाइएको सुचना अधिकारी बस्नेतले बताउनु भयो । पक्राउ गर्न खटिएका पाँच जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत पनि गरेकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*