पर्यटकीय गन्तव्यमा ताप्लेजुङलाई नसमेटेको भन्दै योगेश भट्टराईको गराए प्रदेश सरकारको ध्यानाकर्षण

वेलकम खबर
चैत्र २९, २०८१

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले कोशी प्रदेश सरकारले पर्यटकीय गन्तव्यमा ताप्लेजुङलाई कम महत्व दिएकोमा ध्यानाकर्षण गर्नुभएको छ । शुक्रबार प्रेस चौतारी नेपाल ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत पूर्व पर्यटन मन्त्री समेत रहनुभएका भट्टराईले कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रदेशको सबैभन्दा धेरै पर्यटकीय गन्तव्य मध्येका एक नम्बरको पर्यटकीय गन्तव्य ताप्लेजुङ रहेको तर, यही ताप्लेजुङलाई कोशी प्रदेश सरकारले पर्यटकीय गन्तव्यहरू तोकी रहँदा कम महत्व दिएकोमा दुख लागेको बताउनुभएको छ । विश्वको तेस्रो नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल, प्रसिद्ध तीर्थस्थल पाथिभरा, प्रसिद्ध ताल सिङजेमा, तीम्बुङ पोखरी, सोदु पोखरी, प्रसिद्ध स्थान ओलाङचुङगोला, तोक्पेगोला जस्ता कयौँ पर्यटकीय गन्तव्य रहेकोले ताप्लेजुङ नै पर्यटकीय गन्तव्यको पहिलो क्षेत्र रहेको उहाँको दावी रहेको छ ।

यसै गरी ¥याफ्टिङको हिसाब तमोर एकदमै आकर्षक ¥याफ्टिङ क्षेत्र रहेको र पदमार्गको हिसाबले नेपालकै एउटा आकर्षक मार्गको रुपमा कञ्चनजङ्घा पद मार्ग रहेको उहाँको भनाई छ । यो सँगै हिमालयन ट्रेलको सुरुवात पनि ताप्लेजुङबाट नै हुने अवगत गराउँदै यस्ता पर्यटकीय गन्तव्य हुँदा हुँदै पनि कोशी प्रदेश सरकारले ताप्लेजुङलाई कम महत्व दिएको भन्दै उहाँले कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको हो । आगामी दीनहरूका कोशी प्रदेश सरकारे यस्ता प्रकारका कार्यक्रमहरू गर्दै गर्दा ताप्लेजुङलाई मुख्यरूपमा राख्न पनि माग गर्नु भएको छ ।

यस अघि पनि ताप्लेजुङका तीन स्थानीय तह मेरिङदेन, मैवाखोला र मिक्वाखोला गाउँपालिकाले संयुक्त रुपमा कोशी प्रदेशले निर्माण गरेको दोस्रो आवधिक योजनामा प्रदेशका विभिन्न १९ वटा रूपान्तरणकारी कार्यक्रमहरू छनोट गर्दा जैविक विविधता र प्राकृतिको प्रचुर सम्भावना भएको जिल्ला ताप्लेजुङलाई नसमेटिएकोमा भन्दै ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*