फक्ताङलुङ गाउँपालिकाले योजना सञ्चालनमा विद्यालयलाई रोक लगायो

मदन गौतम
चैत्र २७, २०८१

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले योजना सञ्चालनमा विद्यालयलाई रोक लगाएको छ । बिद्यालयलाई गााउपालिका तथा अन्य श्रेत्रबाट प्राप्त हने बजेट कार्यान्वयन गराउन भुक्तानी तथा कागजात मिलाउन प्रधानअध्यापक वा शिक्षक हिँड्दा बालकबालिकाको पढाइमा असर परेकोले रोक लगाइएको गाउँपालिका अध्यक्ष राजन लिम्बू मुक्तिद्धारा हस्ताक्षरीत सुचनामा उल्लेख गरिएकोछ । वडाका टोल विकास संस्था वा गाउँपालिका मार्फत बिद्यालयको योजना निर्माण , खरिद कार्य कार्यान्वयन गराउन विद्यालयका प्रधानाध्यापकहरू निर्देशन दिएका छन्। फक्ताङलुङ गाउँपालिकाले बैशाख २ देखि एक सातासम्म भर्ना अभियान सञ्चालन गर्न र अभिभावक सँग छलफल गर्नपनि प्रअलाई परिपत्र समेत गरेकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*