ताप्लेजुङका पेशागत शैक्षिक संघ संगठनको शैक्षिक आम हडतालको घोषणा
ताप्लेजुङ। सरोकारवालाहरूलाई आह्वान ताप्लेजुङका विभिन्न शिक्षक संगठनहरूले विद्यालय तथा अन्य सम्पूर्ण शैक्षिक कार्यक्रमहरू बन्द गरी काठमाडौँ केन्द्रित भएर सडक आन्दोलनमा अनिवार्य सहभागी हुन शैक्षिक सरोकारवालाहरूलाई आह्वान गरेका छन् । ६ वटा शिक्षक संगठनहरूले विगतमा सरकारसँग भएको सहमति बमोजिम नयाँ शिक्षा ऐन जारी नगरेको ,शिक्षकको माग पूरा नहुन्जेल शिक्षक महासंघले चैत्र २५ अर्थात् सोमबारबाट शैक्षिक आम हडतालको कार्यक्रम आयोजना गरेकोले ऐकबद्धता जनाउँदै आन्दोलनमा सरिक हुन आग्रह गरेको हो। नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक सङ्घ, एकीकृत अखिल नेपाल शिक्षक संगठन ,अखिल नेपाल शिक्षक संगठन ,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल राहत शिक्षक समितिका अध्यक्ष तथा प्रतिनिधिहरूले अपिलपत्र संयुक्त रुपमा जारी गरेका हुन् ।


















