मेरिङ्देनको पर्यटकीय स्थल गुराँसे पोखरीको प्रवद्र्धन गर्न वडाध्यक्ष रनिङ कप पुरुष भलिबल हुने

मदन गौतम
चैत्र २३, २०८१

ताप्लेजङ। ताप्लेजङको मेरिङ्देन गाउँपालिका वडा नम्बर २ सान्थाक्रामा रहेको गुराँसे पोखरीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आगामी वैशाख १ गतेबाट ४ गतेसम्म वडाध्यक्ष रनिङ कप पुरुष भलिबल ,खुला डबल पुरुष प्याडमिन्टन,खुला वडा स्तरीय महिला भलिबल र धाननाच तथा स्याब्रु नाच प्रतियोगिता हुने वडाअध्यक्ष तेजकुमार चङवाङले बताउनुभयो । मेरिङदेन दुई नम्बर वडाको आयोजनामा वडाध्यक्ष रनिङ कप पुरुष भलिबलतर्फ प्रथम पुरस्कार नगद रु १ लाख ५० हजार ट्रफी ,मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय पुरस्कार ९० हजार ट्रफी ,मेडल र प्रमाणपत्र रहेको छ। त्यसै गरि महिला भलिबलतर्फ प्रथम पुरस्कार ८० हजार ट्रफी ,मेडल प्रमाणपत्र,द्वितीय पुरस्कार ६० हजार ट्रफी ,मेडल र प्रमाणपत्र रहेको छ।भलिबलका दुवै खेलहरूमा विधागततर्फ पुरस्कारको व्यवस्था गरिएको बताइएको छ। खुला डबल पुरुष ब्याडमिन्टनतर्फ प्रथम पुरस्कार ७हजार ट्रफी ,मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय हुने टिमले ५हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। लिम्बु संस्कृतिमा आधारित धान नाच प्रतियोगिता तर्फका विजेताले १० हजार , द्वितीय हुनेले रु ५ हजार त्यसैगरी तृतीय हुनेले ३ हजार पाउनेछन्प्रतियोगिताकै रूपमा सञ्चालन हुने शेर्पा जातिको परम्परागत नृत्य स्याब्रुतर्फ प्रथमले १० हजार द्वितीयले ५हजार र तृतीयले ३ हजार प्राप्त गर्नेछन्। उक्त प्रतियोगिताहरूमा सहभागिता हुने टिमहरूले चैत्र मसान्त साँझ ५ बजेसम्म टिन दर्ता गरिसक्न आयोजकले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*