ताप्लेजुङमा शुक्रबारबाट पाठ्यपुस्तक बिक्री वितरण गरिने

मदन गौतम
चैत्र २१, २०८१

चैत्र २१ गते

ताप्लेजुङ ।  ताप्लेजुङमा शैक्षिक सत्र २०८२ का लागि शुक्रबारबाट पाठ्यपुस्तकहरू बिक्री वितरण गरिने भएकोछ। नेपाल पुस्तक व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष ज्ञानप्रसाद मिश्रका अनुसार कक्षा १ देखि १० सम्मको सामुदायिक विद्यालयका पाठ्यपुस्तक साथै कक्षा ७ सम्मको अङ्ग्रेजी ट्रान्सलेट पुस्तकहरू जिल्लामा ल्याइसकिएको छ। त्यसैगरी स्थानीय लिम्बू भाषा आनीपानको पुस्तकसमेत ल्याइसकेको मिश्रको भनाइ छ । गत सालको तुलनामा केही ढिला गरी यसपाली पुस्तक आएको हो । गत साल भने चैत्र दोस्रो हप्तामै जिल्लामा पाठ्यपुस्तक आइपुगेको थियो। जिल्लामा हाल ३३० वटा सामुदायिक विद्यालय छन्। शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार उक्त सङ्ख्यामा रहेका विद्यालयमध्ये ६१ वटा माध्यमिक तहका छन्। बाँकी १ देखि ३ ,१ देखि ५ र १ देखि ८ कक्षा सञ्चालित आधारभूत तहका विद्यालय रहेका छन् । मिश्रका अनुसार कक्षा १ देखि १० सम्मका कुल १५०० सेट पुस्तक आइपुगेको छ भने ७ सम्मको अङ्ग्रेजी अनुवाद पुस्तक र लिम्बू भाषा अनिपानको ५०० र ५०० सेट आइपुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*