ताप्लेजुङमा पानीको ट्यांकीमा डुबेर एक बालिकाको मृत्यु
मदन गौतम
चैत्र १६, २०८१
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका ४ खेसेवामा पानीको ट्यांकीमा शुक्रवार डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरिजंघा गाउँपालिका ४ का स्थानीय ताराहाङ मावोकी छोरी ६ वर्षीया ईतुङ्ना मावो रहेकीछन । बालिकाको घर नजिकै रहेको पानीको ट्यांकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी रवि रावलले बताउनुभयो । प्रहरीका अनुसार उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोछ।


















