पाथीभरा क्षेत्रमा निर्मित याग्राङसिङ नहटाइदिन क्षेत्र विकास समितिलाई २ संस्थाद्धारा पत्र

मदन गौतम
चैत्र १०, २०८१

ताप्लेजुङ  । पाथीभरा क्षेत्रमा निर्माण गरिएको याग्राङसिङ फलामको नौताले भर्याङ नहटाइदिन पाथिभरा क्षेत्र विकास समितिलाई याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति ताप्लेजुङ र युमा साम्यो नेपालले अनुरोध गरेका छन्।
युमा साम्यो नेपालका सचिव भीमसेन लिम्बु र याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति ताप्लेजुङ अध्यक्ष हाङमायाले छर्बोले आइतबार फरक फरक निवेदन लेखेर यस्तो आग्रह गरेका हुन् ।विश्वका समस्त युमा धर्मावलम्बीहरूको प्रमुख धार्मिक अनुष्ठान तङ्सिङ लिङ्गो याग्राङसिङ र साम्योलुङ मौलिक मुन्धुमी आस्था र विश्वासको एक पवित्र प्रतीक मानिने हुनाले अबदेखि युमा धर्मावलम्बीहरूले उक्त देवस्थलमा पुगी अनुष्ठान लगायतका पूजाआजा गर्न सहज हुने भएकाले संरचना स्थापित गरिएको उक्त संस्थाले बताएका छन्। गत चैत्र ६ गते रातको समयमा पाथिभरा डाँडामा उक्त याग्राङसिङ राखिएको भन्दै क्षेत्र विकास समितिले तीन दिनभित्र उक्त संरचना हटाउन सम्बन्धित पक्षलाई सुचित गरेको थियो ।
तोकिएको समयमा उक्त संरचना नहटाएमा समितिले आफै हटाउने व्यहोरा पत्रमा उल्लेख गरेको थियो।
उक्त अनुरोध पछि पाथीभरा क्षेत्र बिकास समितिको आगामी बैठकमा छ्लफल तथा निर्णय हुने क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले प्रतिक्रिया दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*