पाथिभरा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु समितिमा निर्वाचितलाई बधाई तथा शुभकामना
ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु समितिमा निर्वाचितलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ। विहीबार एक कार्यक्रमको आयोजना गरि नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङ र अनेरास्ववियु ताप्लेजुङले पाथिभरा क्याम्पस ताप्लेजुङमा स्ववियु समितिमा निर्वाचित सचिव लक्ष्मण पौडेल र सदस्यहरु विनु तामाङ , सनुजा गौतम र मालती शेर्पालाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरिएको अनेरास्ववियु ताप्लेजुङ अध्यक्ष विवेक बानियाले बताउनुभयो । पाथिभरा क्याम्पस ताप्लेजुङमा अनेरास्ववियुु , नेपाल विद्यार्थी सङ्घ , अखिल कान्तिकारी सहितका विद्यार्थी संगठन बीचको सहमतिमा निर्विरोध स्ववियु समिति चयन भएको हो। बधाई तथा शुभकामना कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा पोलिट ब्युरो सदस्य कोशी प्रदेशका पूर्वमन्त्री तथा माननीय तिल कुमार मेन्याङबो , नेकपा एमाले प्रदेश कमिटी सदस्य जिल्लाका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो ।


















