ताप्लेजुङको निगुरादिनमा आगोले पोलेरभाग्दा लडेर वृद्धको मृत्यु

मदन गौतम
चैत्र ६, २०८१

ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनमा आगोले पोलेर भाग्दा लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनका ७५ वर्षीय वृद्ध सुरेन्द्र तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख रवि रावलले बताउनुभयो ।  प्रहरी प्रमुख रावलका अनुसार बुधबार दिउँसो करिब २ बजे आगोले खुट्टामा पोलेर भाग्ने क्रममा बारीको डिलमुनी खस्दा वृद्धको मृत्यु भएको हो । आफ्नै बारीमा झ्यास पोल्ने क्रममा आगो ठुलो बल्न गई अचानक खुट्टाको भाग जल्न गएको र भागने क्रममा बारीको डिलदेखि करिब ८ मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरी प्रमुख रावलले बताउनुभयो । थप अनुसन्धान तथा कानूनी प्रक्रिया पुरा गर्नका लागि इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी निरीक्षकको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*