शिक्षक संगठन ताप्लेजुङको अध्यक्ष सेन्दाङ सर्वसम्मत

मदन गौतम
चैत्र ३, २०८१

ताप्लेजुङ । नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङ शनिवार समपन्न १४औं जिल्ला अधिवेशनले मदन सेन्दाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। संगठनको २८ सदस्यीय समितीमा उपाध्यक्ष खुलामा क्षितिजकुमार गौतम, उपाध्यक्ष महिलामा पूजा साम्सोहाङ, सचिवमा रुपेन्द्र वनेम, सहसचिवमा माया तामाङ, कोषाध्यक्षमा नरेन्द्रकुमार अधिकारी र सहकोषाध्यक्षमा सरला नेपाली चयन भएका छन्। अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा शरदराज निरौला, झनलाल तेम्बे, तुलसीराम पोख्रेल र महिलातर्फ तारा नेपालीलाई सर्वसम्मत चयन गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन ताप्लेजुङले जनाएकोछ । उक्त कार्यक्रममा केन्द्रिय अध्यक्ष विष्णू प्रसाद भण्डारी , नेकपा एमाले पोलिटव्युरो सदस्य तथा कोशी प्रदेश सदस्य तिलकुमार मेन्याङ्वो, संगठनका कोशी प्रदेश अधयक्ष महेन्द्र प्रक्राश गौतम,नेकपा एमाले ताप्लेजुङ कार्यवाहक अध्यक्ष तथा आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन पोमु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*