स्थापना दिवसमा पाथीभरा याङवरकाद्धारा पत्रकार अधिकारी पुरस्कृत

मदन गौतम
फाल्गुन २७, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाले आफ्नो आठौँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष तथा उज्यालो पोस्ट दैनिकका सम्पादक तथा नागरिक दैनिक ताप्लेजुङका संवाददाता खगेन्द्र अधिकारीलाई पुरस्कृत गरेको छ।

पत्रकार अधिकारीलाई नगद ३३ हजार ३ सय ३३ रुपैया सहित उत्कृष्ट पत्रकारको रूपमा सम्मानित गरेको हो । सार्वजनिक सेवा प्रवाहलाई खोजमुलक,विश्लेषणात्मक र तथ्यपरक ढंगले प्रस्तुत गरी स्थानीय तहलाई जनमैत्री, विश्वसनीय र उत्तरदायीपूर्ण बनाउन भूमिका खेलेको भन्दै पत्रकार अधिकारीलाई पुरस्कृत गरिएको पालिकाले जनाएकोछ ।

२०५८ सालदेखि पत्रकारिता सुरु गर्नु भएका अधिकारी जिल्लामा रहेर सक्रिय पत्रकारको रुपमा क्रियाशिल हुनुहुन्छ । पालिकाले पत्रकार सहित उत्कृट कृषक, कर्मचारी पुरस्कृत गरेकोछ । २०७३ साल फागुन २७ गते स्थापना भएको गाउँपालिकाले हरेक वर्ष फागुन २७ लाई स्थानीय तह स्थापना दिवसका रूपमा मनाउँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*