ताप्लेजुङको मेरिङदेन गाउँपालिका कार्यसम्पादन मूल्यांकन सुचकमा पहिलो

मदन गौतम
फाल्गुन २७, २०८१

ताप्लेजुङ । संघीय सरकार अन्तर्गतको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन सुचकमा ताप्लेजुङका स्थानीय तह मध्ये मेरिङदेन गाउँपालिका पहिलो भएको छ । पालिकाले ६९.१४ अङ्क प्राप्त गरेर पहिलो बनेको हो । सिदिङवा गाउँपालिका स्थानीय तहमध्ये प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन सुचकका हाधारमा अन्तिममा रहेको छ । सिदिङमा गाउँपालिकाले ४५.७२ अङ्क मात्र प्राप्त गरेको उल्लेख छ ।
पाथिभरा याङवरक गाउँपालिकाले ६ ७.५६ अङ्क प्राप्त गरेर दोस्रो भयो भने मैवाखोला गाउँपालिका ६४.६२ अङ्क प्राप्त गरेर तेस्रो त्यसैगरी आठराई त्रिवेणी गाउँपालिकाको ५८.६७ अङ्क ,फक्ताङलुङ गाउँपालिकाको ५८.६० अङ्क, फुङ्लिङ नगरपालिका ५६.६९ अङ्क ,सिरिङ्गा गाउँपालिकाको ५६.४३ अङ्क ,मिक्वाखोला गाउँपालिकाको ४९.४५ अङ्क प्राप्त गरेको आयोगद्वारा प्रकाशित विवरणमा उल्लेख गरिएको छ ।  वित्त आयोगले विभिन्न १७ सूचकका आधारमा प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*