तालेजुङका छ विद्यालयका दुईसय विद्यार्थीलाई शैक्षिक सामग्री

मदन गौतम
फाल्गुन २६, २०८१

ताप्लेजुङ । ताप्लेजुङको दुर्गम छ विद्यालयका दुईसय विद्यार्थी लाई १० लाख मूल्य बराबरको शैक्षिक सामग्री दौतरी फ्रेन्च फर फ्यूचर नामक संस्थाले उपलब्ध गराइएको छ । संस्थाले ट्रयाकसुट, जुत्ता, झोला, कापी, पेन्सील, मसि भर्ने कलम, जर्मेटी बक्स लगायतको सामग्री उपलब्ध गराएको हो ।

तालिजुङ विकास मञ्चले जिल्लामा यसको समन्वय गरेको छ। यसरी सामग्री पाउने विद्यालयमा सुर्यदेवी माध्यमिक सान्थाक्रा मेरिङ्दन, तुलसी आधारभुत विद्यालय खेजेनिम फक्ताङलुङ, महेन्द्र आधारभुत विद्यालय खेवाङ्ग, भगवती मावि अम्बेगुदिन र भगवती आधारभुत विद्यालय सिरिजङ्गा तथा सिद्धेश्वरी मावि डुम्रिसे पाथीभरा याङवरक रहेका छन् ।

यो संस्था ले ताप्लेजुङमा २०७६ सालदेखि विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको छ । केन्द्रीय अध्यक्ष सम्पन्न स्थापितका अनुसार बाजुरा, डोल्पा, सल्यान लगायतका जिल्लामा पनि वितरण हुँदै आएको छ । ति जिल्लामा जनही एक हजारका दरले सहयोग प्रदान गरिएको उनले बताए । विद्यार्थी छान्ने र उपलब्ध गराउने अधिकार विद्यालयलाई दिइएको विकाश मञ्चका अध्यक्ष सन्तोष प्रसाईले बताउनुभयो । ताप्लेजुङमा भने भुगोल क्षेत्र र त्यहाँको वस्तुस्थिति हेरेर विद्यालय छनौट गरिएको प्रसाईको भनाईछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*