जनकल्याण स्टेसनरीका सञ्चालक पोख्रेलद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण
मदन गौतम
फाल्गुन २५, २०८१
ताप्लेजुङ । विगतका वर्षहरुमा जस्तै यसवर्षपनि जनकल्याण स्टेसनरी ताप्लेजुङका सञ्चालक भोमादेवी पोख्रेल भट्टराईले वालवालिका लाई आफ्नो जन्मदिनमा शैक्षिक सामग्री वितरण गर्नु भएको छ ।
यस वर्ष फुङलिङ नगरपालिका ८ दोखुका काभ्रे आधारभुत विद्यालयका विद्यार्थीलाई कापी, पेन्सील, डटपेन लगायतका स्टेशनरी सामग्री उपलब्ध गराएको बताइएको छ । पोखरेल भट्टराईले विगत सात वर्षदेखि आफ्नो जन्मदिनमा शैक्षिक सामग्री वितरण गर्दै आउनु भएको छ । झोला, स्विटर, कापी लगायतका सामग्री उपलब्ध गराउँदै आउनु भएको छ ।


















