ताप्लेजुङ उद्योग वाणिज्य संघको कार्यालय शनिबार खुल्ला हुने
मदन गौतम
फाल्गुन २३, २०८१
ताप्लेजुङ । ताप्लेजुङ उद्योग वाणिज्य संघको कार्यालय भोली एक दिनका लागि शनिबार खुल्ला हुने भएको छ । संघले शुक्रबार एक सुचना जारी गर्दै महासंघको आगामी चैतमा हुने साधरणसभा तथा अधिबेशनमा आइतबारसम्म मात्र फर्म नबिकरण गर्ने समय भएकाले कार्यसमितिको निर्णय अनुसार शनिबार कार्यालय खुल्ला रहने सुचनामा उल्लेखछ ।
सघंको कार्यालय सदा झै बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म खुल्ला हुने संघका अध्यक्ष नारायण थापाद्धारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ । महासंघको १७ औँ साधारणसभा तथा अधिबेशन आगामी चैत १५ र १६ गते सम्पन्न हुँदैछ ।



















