एसईई परिक्षाका लागि ताप्लेजुङमा १७ वटा केन्द्र तोकियो
ताप्लेजुङ । ताप्लेजुङमा आगामी चैत ५ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईका लागि १७ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएकोछ । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका अनुसार भानु जनमाध्यमिक विद्यालय, सिंवा मावि लिङ्खिम परीक्षा, युवा वर्ष माध्यमिक विद्यालय दोखु, बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिबुङ, जनता माध्यमिक विद्यालय हाङदेवा, मोती माध्यमिक विद्यालय खोक्लीङ, त्रिभुवन माध्यमिक विद्यालय थुकिमा, सिनाम माध्यमिक विद्यालय सिनामलाई परीक्षा केन्द्र तोकिएको बताईइकोछ ।
त्यसै गरि थेचम्बु माध्यमिक विद्यालय थेचम्बु, तेल्लोक माध्यमिक विद्यालय तेल्लोक, भन्ज्याङ माध्यमिक विद्यालय लिम्बुदिन, मैवाखोला माध्यमिक विद्यालय ढुङ्गेसाँघु, सरस्वती माध्यमिक विद्यालय हाङपाङ, सिद्वकाली माध्यमिक विद्यालय दोखु, दुर्गा माध्यमिक विद्यालय फूलबारी र सरस्वती माध्यमिक विद्यालय तापेथोकलाई परीक्षा केन्द्र निर्धारण गरिएको छ । ताप्लेजुङमा यस वर्ष साधारण, प्राविधिक , नियमित र ग्रेडवृद्धितर्फ गरी जम्मा २ हजार २ सय ७२ विद्यार्थीले परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।


















