पाथीभरा क्याम्पसमा स्ववीयु निर्वाचनका लागि चार संगठन दर्ता

वेलकम खबर
फाल्गुन १९, २०८१

ताप्लेजुङ । पाथीभरा बहुमुखि क्याम्पसको स्ववीयु निर्वाचनको लागि चार विद्यार्थी संगठनले दर्ता गराएका छन् । निवाचन समितिका संयोजक युवराज बस्नेतका अनुसार नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी सङ्घ, नेकपा एमालेका भातृ संगठन अनेरास्ववियु, नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारी र जसपा नेपालको भातृ संगठन जसपा विद्यार्थी संगठनले दर्ता गराएका हुन् ।  बस्नेतले आवश्यक मापदण्ड पूरा गरी संगठन दर्ता भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*