सिरिजङ्घा गोल्डकपले २ लाख ९० हजार बचत गर्यो
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाँउपालिकाको केन्द्र तेल्लोकमा गत मंसिर २३ देखि २९गतेसम्म सञ्चालित ‘चौंथो अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्घा गोण्डकप २०८१ ‘ वाट झण्डै २ लाख ९० रुपैया रकम आयोजकले वचत गरेकोछ । आयोजक क्लबले शनिवार दोस्रो अधिवेसन तथा सार्वजनिक कार्यक्रममा सार्वजनिक गरिएको हो । क्लबका कोषाध्यक्ष दिनेश भट्टराईद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार उक्त गोल्डकप सञ्चालन गर्न कुल ३१ लाख १५ हजार ७ सय ६० रुपैया आम्दानी भएको थियो भने २८ लाख २६ हजार ४५ रुपैया खर्च भयो ।प्रतियोगिता सम्पन्न पस्चात खुदनाफा २ लाख ८९ हजार ७सय १५ रुपैया भएको क्लबले वताएको छ ।सचिव भट्टराईका अनुसार प्रतियोगिताका लागि कबोल गरिएका तर, प्राप्त नभएको रकम १ लाख २५ हजा रहेको छ । उक्त रकम प्राप्त भएमा ४ लाख १४ हजार ७सय ५१ सपैंया क्लबमा बचत हुनेछ । भारतको एकसहित पूर्वका विभिन्न आठ टिम सहभागी रहेको प्रतियोगिताको विजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद रु २ लाख ५० हजार ५ सय ५५ रुपैया प्राप्त गरेको थियो भने उपविजेता टोलिलाई १ लाख २५ हजार ५ सय ५५ रुपैया प्रदान गरिएको थियो ।
प्रतियोगिताकै दौरान राष्ट्रिय कलाकारहरुको साथमा संस्कृतिक कार्यक्रम पनि सञ्चालन भएको थियो । क्लबका अध्यक्ष अजुर्न भटराईका अनुसार ऐतिहासिक व्यक्तित्व त्ये अङ्सी थेवेको स्मृतिमा सञ्चालन हुँदै आएको गोल्डकपलाई यो वर्ष ‘सिरिजङ्घा मेला ‘ को रूपमा अन्य विभिन्न कार्यक्रमहरुसमेत समावेश गरी भव्यताकासम्पन्न गरिएको थियो ।


















