विद्यार्थी बिरामी भएपछि ताप्लेजुङ मेरिङदेनका दुई विद्यालय तीन दिन बन्द

मदन गौतम
फाल्गुन १६, २०८१

ताप्लेजुङ । विद्यार्थी बिरामी भएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। मेरिङदेन गाउँपालिका ५ थुकिमाका दुईवटा विद्यालयमा ३०० भन्दा बढी विद्यार्थी बिरामी भएपछि जनसमुदाय तथा अन्य विद्यालयमा फैल्न नदिनका लागि विद्यालय बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख उदय कुमार यादवले बताउनुभयो । विद्यालयबाट सुचना प्राप्त भए लगतै पालिकाले निर्णय गरेर फागुन १८ गते देखि २० गते सम्म विद्यालय बन्द गरेको यादवले भनाईछ ।

त्रिभुवन माध्यमिक विद्यालयमा विहीवार विद्यालयमा उपस्थिी रहेका करिब १५० जना विद्यार्थी मध्ये ७३ जनामा र जनज्योति आधारभुत विद्यालयका ३० जना विद्यार्थीमा ज्वरो आउने खोकी लाग्ने जिउ दुख्ने नाकबाट पानी बग्ने टाउको दुख्ने र पेट दुख्ने लगायतका लक्षण देखा परेकोछ । विद्यालयमा उपस्थित नभएका विद्यार्थीमा पनि ज्वरो आउने खोकी लाग्ने जिउ दुख्ने नाकबाट पानी बग्ने टाउको दुख्ने र पेट दुख्ने लगायतका लक्षण देखा परेको यादवले बताउनुभयो । भाइरल इन्फ्लुएन्जा भाइरसले फ्लु जस्ता संक्रमणको कारणले यस्तो अवस्था हुनसक्ने यादवले बताउनुभयो ।

इन्फ्लुएन्जा भाइरस परीक्षणका लागि विराटनगरबाट किट झिकाइएको र सो नमुना परीक्षण ल्याब टेस्टका लागि विराटनगर पठाउने र रिपोर्ट आएपछि मात्र के समस्या हो भन्ने थाहा हुने यादवले बताउनुभयो । यता जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङबाट डाक्टरहरुको टोली पनि त्रिभुवन माध्यमिक विद्यालय आइपुगेको यादवले बताउनुभयो । थप संक्रमण हुन नदिन पालिकाले स्वास्थ्यकर्मी परिचालन गरेको यादवले भनाईछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*