आठराईत्रिवेणी हाङपाङमा एक घर जल्दा ८ लाख बराबरको क्षति

मदन गौतम
फाल्गुन १५, २०८१

ताप्लेजुङ । ताप्लेजुङको आठराईत्रिवेणी गाउँपालिका तीन हाङपाङमा बुधबार एक घर जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका  अनुसार स्थानीय इन्द्रबहादुर निरौलाको घर जलेको हो । उक्त माटोढुङ्गा र जस्ताले छाना छाएको तीनतले घर जल्दा आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त घरमा मानवीय र पशु चौपायको क्षति नभएको र घरभित्र भएका लत्ता कपडा अन्नपात सम्पूर्ण जलेर नष्ट भएको बताइएको छ। स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए। घरधनी निरौला मोरङको लेटाङमा बस्दै आएको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*