नो केबलकार समूहलाई सरकारी वार्ता टोलीले वार्ताका लागि पुन आब्हान
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नको लागि गृह मन्त्रालयले पुन आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन गृह मन्त्रालयले आग्रह गरेको हो । यस अघि माघ २० गते मन्त्रालयद्धारा गठित वार्ता टोलीका संयोजक एवं गृह–मन्त्रालयका सह–सचिव प्रेम प्रसाद भट्टराईद्धारा हस्ताक्षरीत विज्ञप्तीमा आन्दोलनरत समुहबाट उठाईएका सामाजिक ,धार्मिक ,सास्कृतिक र स्थानीय समस्या सामाधानका लागि गम्भिर वार्ता एवं संवादमा आउनको लागि अपिल गरिएको छ । बिहिबार केबलकार निर्माणस्थल काफ्लेपाटीमा आन्दोलनरत पक्ष र प्रहरी बिचको झडपमा सुरक्षाकर्मी सहित १४ जना घाईते भएका थिए । यस अघि माघ १२ गतेको झडपमा सुरक्षाकर्मी सहित २४ जना घाईते भएका थिए ।


















