ताप्लेजुङमा एभरेष्ट वैकको १ सय ३१औ शाखा उद्घाटन
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका ४ जीबी पोखरीमा आज एभरेष्ट बैंक उद्घाटन भएकोछ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर महादेनले बैंकको उद्घाटन गर्नुभएको हो। ताप्लेजुङको एभरेस्ट बैंक देशभरको १ सय ३१ औ शाखा हो । उक्त उद्घाटन कार्यक्रममा एभरेस्ट बैंकका सञ्चालक समितिका सदस्य किरणकुमार श्रेष्ठ सियो विजय कुमार शर्मा।कोशी प्रदेश प्रमुख सुधीर गौतम वडाध्यक्ष दुर्गा पालुङ्वा लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा नगर प्रमुख मादेनले बैंकले दिने सेवा विश्वसनीय ,सरल र ग्राहक मैत्री हुनुपर्ने धारणा राख्नुभयो । पछिल्लो समय नो केवलकार पक्षले ग्लोबल आईएमई बैकलाई निशाना बनाएको बताउनुभयो ।


















