नो केबलकार समूहले चालक कुट्यो विरोधमा यातायात अनिश्चितकालिन बन्द
ताप्लेजुङ । नो केबलकार समूहले स्वास्थ्यकर्मी तथा मानवअधिकारकर्मी माथि कुटपिट गरेपछि यातायात व्यावसायीले मेची राजमार्गमा यातायात बन्दको घोषणा गरेका छन् ।
पाथीभरा क्षेत्रमा केबलकारको बटम स्टेसन बन्ने ठाउँमा प्रहरी र ‘नो केबलकार समूह’ बिच भएको झडपमा घाइते भएकाहरूको उद्धारमा खटिएको रेडक्रसकर्मी, उद्योग वाणिज्य संघ कर्मी र इन्सेक प्रतिनिधि चढेको गाडी आन्दोलनरत समूहले तोडफोड गर्दै चालकलाई कुटपिट गरेको विरोधमा गर्दै मेची राजमार्ग,तमोर करिडोर र दोभान गुफा धरान चढ्ने सम्पूर्ण यातायात बन्दको घोषणा गरेको हो ।
गाडी तोडफोडसँगै चालकलाई समेत कुटपिट गरेको र उक्त जिम्मा आन्दोलनरत पक्षले लिएर क्षति नबेहोरे सम्म यातायात ठप्प गरिएको यातायात व्यावसायी जनाएको छ । आन्दोलनकारीको कुटपिटबाट घाइते भएका चालक चालक फुङलिङ नगरपालिका–९ का ३५ वर्षीय राजकुमार पौडेल र झडपमा घाइते भएका सुरक्षाकर्मीहरूलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ ।
आन्दोलनकारीले अधिकारकर्मी सवार मे १ ज २५७९ को गाडी तोडफोड गरेका छन् । तोडफोडबाट गाडीको सबै सिसामा क्षति पुगेको छ ।



















