छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ताप्लेजुङमा युवक पक्राउ
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुका २२ बर्षिय सुवास लिम्बुले छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले उनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार उनीमाथि फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम ज्यान सम्वन्धी कसुरमा ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको प्रहरीको भनाईछ ।
इखाबु खुपातालका स्थानीय छत्रबहादुर लिम्बुको सुद्धाई कार्यमा विवाद हुदा सुवासले स्थानीय ५६ वर्षीय बृखबहादुर लिम्बूलाई मुक्काले प्रहार गरी घाइते बनाएको र बृखबहादुरको सोही कारण मृत्यु भएको भन्ने सुचनाका आधारमा प्रहरीले सुवासलाई पक्राउ गरेको जनाएको छ ।


















