विकास रोक्नु हुन्न केबलकार चाहिन्छ भन्दै फुङलिङमा आज सद्भाव र्याली
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण भएमा जिल्लाको समृद्धि हुने भन्दै विकासमा जिल्लाबासीहरु एकजुट हुनुपर्ने सन्देश दिनको लागि आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा नागरिक सद्भाव र्याली निकालिदै छ ।
ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा बिहान ११ बजेबाट सदरमुकाम फुङलिङमा निकालिने र्यालीमा हजारौ सङ्ख्यामा जिल्लावासीको सहभागिता रहने आयोजकले जनाएको छ ।
‘बृृहत् नागरिक सद्भाव र्याली’ लेखिएको व्यानर सहितको उक्त सद्भाव यात्रामा नौमती बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिनेछ ।


















