कोशीका नौं जिल्ला आजदेखि बन्द, बन्दकर्ता ओर्लिए सडकमा

६ दिनको बन्दले ताप्लेजुङको जनजीवन कष्टकर बन्दै
वेलकम खबर
माघ २०, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरारामा निर्माणाधीन केबलकारको बिषयलाई लिएर ६ दिन देखि ताप्लेजुङमा यातायात बन्द छ । बन्दले जनजीवन प्रभावित बनेको छ । अब ताप्लेजुङमा मात्र नभएर आजदेखि कोशी प्रदेशका ९ जिल्लामा फैलिएको छ ।

झापा, सुनसरी तथा मोरङमा पनि बिहानै देखि सडकमा बन्द कर्ताहरु निष्किएर यातायात बन्द गरेका छन् । ती जिल्लामा मात्र नभएर पाँचथर, ईलाम, तेह्रथुम, धनकुटा, संखुवासभा लगायतका जिल्लामा पनि यातायात बन्द भएको छ । बन्दकर्ताले यस अघि नै आईतबार देखि कोशीका नौं जिल्ला बन्द गर्ने घोषणा गरेका थिए

६ दिनको बन्दले ताप्लेजुङको जनजीवन कष्टकर बन्दै जान थालेको छ । दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेको छ । खाना पकाउने ग्यास, चामल, तेल लगायतका खाध्य बस्तुको समेत अभाव हुन थालेको छ ।

‘नो केबलकार समूह’ ले गत माघ १२ गते भएको घटनालाई लिएर मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ आउने सबै नाकाहरुबाट प्रवेश बन्द गरेका थिए भने आज देखि नौ जिल्लामा बन्दको प्रभाव परेको छ ।

आन्दोलनकर्ताहरुले प्रहरीले नियन्त्रणमा लिएका तीन जनालाई रिहाई गर्नुपर्ने, केबलकार निर्माण कार्य बन्द गर्नुपर्ने, काफ्लेपटीमा रहेको  सशस्त्र प्रहरी फिर्ता गर्नुपर्ने माग राख्दै बन्दको आह्वान गरेका छन् । आफूहरुले राखेका मागको सम्बोधन नभएमा ‘नो केबलकार समूह’ ले २२ गते देखि आमहड्तालको घोषणा समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*