ताप्लेजुङमा एम्बुलेन्समा अज्ञात समूहद्वारा तोडफोड
ताप्लेजुङ। गएराति औषधि बोकेर फर्कँदै गरेको जिल्ला अस्पताल ताप्लेजुङको एम्बुलेन्समा तोडफोड भएको छ।
फुङ्लिङ नगरपालिका वडा नम्बर ७ मा रहेको सिग्देल खोल्सामा आइपुग्दा अज्ञात समूहहरूले गाडीमा ढुङ्गामुढाको गरेका जिल्ला अस्पताल ताप्लेजुङका एम्बुलेन्स चालक मिलन पौडेलले बताउनुभएको छ ।
जिल्ला अस्पताल ताप्लेजुङका निमित्त प्रमुख ओम प्रकाश थापा मगरका अनुसार उक्त एम्बुलेन्स गाडी जिल्ला अस्पताल ताप्लेजुङबाट बिरामीलाई झापा पुर्याएर अस्पतालको औषधि बोकेर ताप्लेजुङ फर्कँदै गरेको थियो।
गाडीमा प्रहार गर्ने व्यक्ति तथा समूहको पहिचान नभएको थापा मगरको भनाइछ। यता घटनाको छानबिन गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपी रविन रावलको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी घटनास्थलबाट लाठी लगायतका वस्तुहरू बरामद गरेको प्रहरीले जनाएको छ ।
यता पाथिभरामा केबलकारको विषयलाई लिएर आन्दोलन गरिरहेको नो केबलकार समूहले उक्त घटनामा आफूहरूलाई मुछ्न खोजिएको नो केबलकार समुहका सरोज कङलिवाले आपत्ति जनाउनुभएको छ ।
कङलीबाले थपे एम्बुलेन्स जस्तो संवेदनशील सवारी साधनलाई आफूहरूले आक्रमणको निशाना नबनाएको भन्दै कंग्लीबाले उक्त घटनामा आफूहरूलाई मुछ्नका लागि षड्यन्त्र भइरहेको बताउनु भयो ।


















