बन्द र हड्ताल समस्याको समाधान होईन फिर्ता लिइ वार्तामार्फत समस्या समाधान गरौ : नगर प्रमुख मादेन

मदन गौतम
माघ १५, २०८१

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका नगरप्रमुख अमिर मादेनले मंगलबार विज्ञप्ति जारी गर्दै बन्द र हड्तालले सर्वसाधारण मारमा परेको उल्लेख गर्दै बन्द हड्ताल फिर्ता लिइ वार्तामार्फत समस्या समाधानका लागि आग्रह गरेका छन्। विज्ञप्तिमा २०८१ साल भदौ २१ गते बसेको बैठकले नगर क्षेत्रमा बन्द हड्ताल गर्न गराउन नपाउने निर्णय भएको र २०८१ साल माघ १५ गते बसेको बैठकले बन्द र हड्ताल समाधान नहुने र वार्ताद्वारा समस्या समाधान गरी केबलकार निर्माण प्रकृया अघि बढाउन सहयोगको अपेक्षा गरेको मादेनद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । फुङलिङ नगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई जिल्ला बाहिर आवतजावतमा निषेध गर्ने गरी ‘नो केबलकार’ पक्षधरहरूले गरेको घोषणाको भर्त्सना समेत गरिएको छ।

पहिचान पक्षधर , नोकेवलकार मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ संघीय समिति, थरगत संस्था सहजीकरण समूह र किराँत धर्म तथा साहित्य उत्थान संघले केही दिन अगाडी विज्ञप्ति निकालेर फुङलिङ नगरप्रमुख अमिर मादेनलाई ‘वंशगद्दार’ को संज्ञा दिँदै ताप्लेजुङ जिल्लाबाहिर निषेध गर्ने घोषणा गरेका थिए । नगर प्रमुख मादेन केबलकार निर्माणको पक्षमा उभिदैआएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*