पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान ताप्लेजुङमा दुई चरणमा संचालन हुने

मदन गौतम
माघ १४, २०८१

ताप्लेजुङ । आगामी माघ २२ गतेदेखि देशव्यापी सञ्चालन हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान ताप्लेजुङमा दुई चरणमा संचालन हुने भएकोछ ।
सदरमुकाम फुङ्लिङमा सोमबार सम्पन्न जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी साथै सरोकारवालाको बैठक कार्यक्रममा स्वास्थ्य कार्यालय ताप्लेजुङले जानकारी दिएको हो ।
स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार पहिलो चरण अर्थात् माघ २२ गतेदेखि २६ गतेसम्म जिल्लाका चारवटा पालिकामा उक्त अभियान सञ्चालन गरिनेछ।पहिलो चरणमा खोप अभियान सञ्चालन हुने पालिकाहरूमा फुङ्लिङ नगरपालिका,पाथीभरा याङ्वरक गाउँपालिका,सिरिजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिका रहेका छन्।
दोस्रो चरणको खोप अभियानमा फक्ताङ्लुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका ,मेरिङदेन गाउँपालिका र आठाराई त्रिवेणी गाउँपालिका तथा मैवाखोला गाउँवालिका किशोरीहरूलाई समावेश गरिने बताइएको छ।
फुङ्लिङ नगरपालिकामा २६ वटा विद्यालयका १० देखि १४ वर्ष उमेरसम्मका १७५० र विद्यालय बाहिर रहेका ३४८ लाई उक्त खोप दिने योजना रहेको स्वस्थ्य कार्यालय जनाएको छ

त्यस्तै, जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिकाका १५ वटा विद्यालयका १० देखि १४ वर्ष उमेरसम्मूहका विद्यालयमा अध्ययनरत ४४२ जनालाई तथा विद्यालय बाहिर रहेका ९० जनालाई खोप लगाइने तयारी रहेको बताइएको छ ।
उता सिरिजङ्घा गाउँपालिकाको २१ वटा विद्यालयमा अध्ययनरत १० देखि १४ वर्ष उमेरसम्मका किशोरीहरू ६७८ र विद्यालय बाहिर रहेका १४३ जनालाई खोप दिइने स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्ड चेन अधिकृत दिनेश रायले जानकारी दिनुभयो ।
रायका अनुसार सिरिजङ्घा गाउँपालिकाका १४ वटा विद्यालयमा अध्ययनरत ५४६ जना १० देखि १४ वर्ष उमेरसम्मका किशोरी र ९५ जना विद्यालय बाहिरका किशोरीहरुलाई खोप अभियान मा सामेल गर्ने लक्ष्य राखिएको छ।
दोस्रो चरण अन्तर्गत माघ २८ गतेदेखि फागुन ३ गतेसम्म खोप अभियान सञ्चालन हुने फक्ताङ्लुङ गाउँपालिकाका १५ वटा विद्यालयका ५६० जना उक्त उमेर समूहका छात्राहरू तथा ९२ जना विद्यालय बाहिरका किशोरीहरूलाई खोप लगाउने लक्ष्य राखिएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिकाका ११ वटा विद्यालयमा खोप अभियान सञ्चानलन हुने छ । तोकिएको उमेर समूहका ३५८ जना छात्रा तथा विद्यालय बाहिरका ७६ जना किशोरीलाई खोप लगाउने तयारी गरिएको छ भने मेरिङदेन गाउँपालिकाका १४ वटा विद्यालयमा तोकिएको उमेर समूहका ५३५ छात्रा तथा विद्यालय क्षेत्र बाहिर रहेका १०७ किशोरीलाई खोप लगाउने रायले जानकारी दिनुभयो ।

जिल्लाको मैवाखोला गाउँपालिकामा आठवटा विद्यालयका उमेर समूहका ५११ जना छात्रा तथा विद्यालय बाहिर रहेका ९१ किशोरीलाई उक्त खोप दिइँदैछ।आठराई त्रिवेणी गाउँपालिकाका १६ वटा विद्यालयमा उक्त खोप अभियान सञ्चालन हुनेछ। जसमा ५३४ जना विद्यालयमा अध्ययनरत उमेर समूहका छात्रा तथा १२२ जना विद्यालय बाहिर रहेका किशोरीहरू हुने जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ।

उक्त खोप अभियानमा २२३ जना खोप दिने स्वास्थ्यकर्मी, ४४६ जना स्वयंसेवक र ८१ जना सुपरिवेक्षकलाई खटाउने तयारी गरिएको पनि स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ। ताप्लेजुङमा लक्षित समूहलाई शतप्रतिशत खोप अभियानमा जोड्न सकिने विश्वास लिएको स्वास्थ्य कार्यालय ताप्लेजुङले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*