सहमतिका लागि पाथीभरा क्याम्पसको मनोनयन दर्ता स्थगन

मदन गौतम
पुस १७, २०८१

ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङको सञ्चालन समिति निर्वाचनका लागि मनोनयन दर्ता स्थगन गरिएकोछ । पुस १६ गते मंगलबार उम्मेदारीको मनोनयन दर्ता गर्ने र पुस २० गते निर्वाचन गर्ने निर्वाचन कार्यतालिका रहेको थियो । सहमतिका लागि वर्तमान सञ्चालक समितिले १८ गतेसम्म समय मागेकाले दुई दिन सारिएको निर्वाचन समितिका सदस्य सचिव एवं क्याम्पस प्रमुख सजन पौडेलले हस्ताक्षरित सुचनामा उल्लेख गरिएकोछ। सुचनामा पुस १८ गते देखि २० गते भित्र निर्वाचन सम्पन्न गर्ने अर्को कार्यसुची प्रकासन गर्ने उल्लेखछ । क्याम्पसको विधान अनुसार क्याम्पस सभाका लागि ३६ जना मतदाता रहने प्रावधान छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*