मेरिङ्देनमा अपाङ्गता स्वास्थ्य शिविर सुरु

मदन गौतम
पुस १२, २०८१

ताप्लेजुङ  । मेरिङ्देन गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यकता पहिचान सम्बन्धी शिविर विहिवार सुरु भएको छ ।

मेरिङ्देन गाउँपालिका २ सान्थाक्राबाट शिविरको सुभारंभ मेरिङदेन गाउँपालिकाका अध्यक्ष यूक हां विर हाँगामले भएको हो । प्रदेश सरकार, मेरिङदेन गाउँपालिका र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारी साथै राष्ट्रिय अपाङ्ग महासङ्घको प्राविधिक सहयोगमा सञ्चालित पुस १६ गते समापन हुने मेरिङ्देन गाउँपालिकाका सूचना अधिकारी जीतेन लिम्बूले बताउनु भयो । शिविर दोस्रो दिन वडा नं १ थिङ्लबुमा, तेस्रो दिन पुष १३ गते वडा नं। ६ नाल्बूमा, पुष १४ गते वडा नं ५ थुकिमामा र पुष १५ गते वडा नं ४ लिङ्तेमा सञ्चालन हुने छ । यस्तै अन्तिम दिन भने वडा नं ३ खाम्लुङ सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । शिविर  पहिलो  दिन ३० जनाले सेवा लिएका छन् । शिविरमा उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङवाङ र करुणा फाउन्डेसन नेपालका जिल्ला संयोजक केदार भण्डारीको समेत उपस्थिति रहेको थियो

 ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*