पालिका अध्यक्ष पोमुको प्रश्न महानिर्देशक घिसिङ ज्यु एम्बुलेन्स प्राप्तिको फाईल कहिले अगाडी बढ्छ ?
ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको टेबुलमा पुगेको फाइलको काराबाही अघि नबढेको भनेर पालिकालाई कारण सहित प्रकट गरिदिन आग्रह गरेकाछन। पालिका अध्यक्ष पोमुले ढुङ्गेसाघु–अमरपुर १३२ केभीए प्रसारण लाइनको ऋक्च् सामुदायिक उत्तरदायित्वको रकमबाट पालिकामा एक थान एम्बुलेन्स प्राप्तिको प्रकृया घिसिङको टेबुलमा पुगेर अड्किएको सामाजिक संजालमा गुनासो पोखेकाछन।फाइलको कारबाही ६ महिनासम्म पनि अघि नबढेको कारण सहित विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको जवाफ माग समेत गरेका छन् । अध्यक्ष पोमुले सामाजिक सजालमा लेखेका छन् २०८१ साल असार २७ गतेदेखि गाउँपालिकालाई एम्बुलेन्स प्राप्त गर्न दिएको निवेदन घिसिङको टेबुलमा पुगेर रोकिएको छ , अब कहिले अगाडि बढ्छ , यदि हुदैन बढ्दैन भने किन र किन हुदैन भने हामी लाई कारण सहित भनिदिए हुन्छ प्रश्न समेत गरेकाछन । फाइलको काराबाही अघि बढाई सहजीकरण गरिदिन वा नहुने भए कारणसहित पालिकालाई जानकारी दिन महानिर्देशक घिसिङ र विद्युत् प्राधिकरणको ध्यानाकर्षण समेत गरेका छन्। 



















