मेरिङदेनले दियो पुसमेलाका लागि दुई दिन स्थानीय विदा
ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले २०३१ साल देखि लाग्दै आएको पुसे मेलाका लागि दुईदिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
स्थानीय र पुर्व कै ऐतिहासिक पर्व भएकाले पुस ३र४ गते दुईदिन स्थानीय बिदा दिने निर्णय भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवद्धारा हस्ताक्षरीत सुचनामा उल्लेख गरिएकोछ । उक्त दुईदिन पालिका भित्रका सरकारी कार्यालय,बिद्यालय तथा संघसंस्थाहरुमा आकस्मिक सेवा बाहेक बिदा दिएको गाउँपालिकाको सुचनामा उललेख छ । मेरिङदेन गाउँपालिका ३ र आठराई त्रिवेणी ५ को संगम स्थल दोभान बजारमा पुस १ देखि ५ गते सम्म पुसेमेला लाग्दै छ ।



















