कावेली नदीमा बेपत्ता पुरुषको सव फेला
ताप्लेजुङ । गत मङ्सिर १९ गते अपराहन्न ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ५ पेदाङ स्थित कावेली खोलाले बगाइ बेपत्ता भएका एक पुरुषको सव प्रहरीले फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मङ्गलबार बिहान करिब ११ बजे इलाका प्रहरी कार्यालय तेल्लोक र सशस्त्र प्रहरी १ नम्बर बाहिनी पकली सुनसरीबाट खटेको गोताखोर सहितको संयुक्त टोलीले बेपत्ता भएका स्थानीय अन्दाजी ४५ बर्षीय राजेन्द्र बुढाथोकीकोे सव फेला पारेको हो ।बुढाथोकीको सव बगाएको स्थानबाट अन्दाजी ६ मिटर गहिराई ५० मिटर दक्षिण ढुङ्गाको चेपमा फेला पारिएको बताईएको छ । उक्त शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक पठाइएको छ ।


















