पाथीभरा मन्दिरमा ७ बर्षमा १३ लाख बढी दर्शनार्थी
ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा ७ बर्षमा १३ लाख ३ हजार ४ सय ९२ जना भक्तजनले दर्शन गरेकाछन् । सोमबार पाथीभरा क्षेत्र विकास समितिले आर्थिक वर्ष २०७४।७५ देखि आव २०८०।८१ असार मसान्त सम्ममा पाथीभरा आएर दर्शन गर्ने भक्तजनको संख्या सार्वजनिक गरेकोछ ।
क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङकमा आव २०७४।७५ मा १ लाख ६१ हजार ४ सय ८७ जना ,आव २०७५र७६ मा १ लाख १ हजार ६ सय ५ जना र आव २०७६र७७ मा १ लाख २ हजार ८ सय ७६ जना दर्शनार्थी आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । त्यस्तै आव २०७७र७८ मा २ लाख १७ हजार ९ सय ६१ जना र आव २०७८र७९ मा २ लाख ४ हजार २ सय ८४ जनाले दर्शन गरेका थिए ।पछिल्लो आव.२०७९।८० २ लाख ८३ हजार ९ सय ४५ जना र आव २०८०।८१ मा २ लाख ३१ हजार ३ सय ३४ जना तिर्थ यात्रीले दर्शन गरेको क्षेत्रविकास समितले जनाएकोछ ।


















