ताप्लेजुङको दोभानमा २ दिने निःशुल्क आँखा शिविरमा २४ जनाको शल्यक्रिया , ६०० जनाको आँखा परीक्षण
मदन गौतम
मंसिर २२, २०८१
ताप्लेजुङ । ताप्लेजुङको दोभानमा विहीवार देखि सुरु भएको २ दिने निःशुल्क आँखा शिविरमा २४ जनाको आखाको शल्यक्रिया गरिएकोछ । उक्त शिविरमा ६०० जना आखाका विरामीहरुले बहिरङग सेवा लिएका थिए । जस मध्ये ५२ जनाको मोतिया विन्दुको र १९ जनाको लद्यु शल्यक्रिया गरिएको मेरिङ देन गाउपालिका कार्यालयका सुचना प्रविधी अधिकृतथ जितेन लिम्बुले बताउनु भयो । सेवा फाउन्डेसन काठमाडौ, नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ र मेरिङदेन गाउँपालिकाको संयुक्त आयोजनामा शिविर संचालन गरिएको हो । 


















