दोस्रो कञ्चनजंघा सेसेलुङ गोल्डकपको उपाधी गोधुली फुटबलले उचाल्यो

मदन गौतम
मंसिर २२, २०८१

ताप्लेजुङ । दोस्रो कञ्चनजंघा९सेसेलुङ०अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामाको उपाधी गोधुली फुटबल क्लव धरानले उचाल्यो ।इलामको रेड डेभिल्स फुटबल क्लवलाई ४–१ ले पछि पादै गोधुली फुटबल क्लव धरानले उपाधि उचालेको हो । लिम्बू समुदायको महान पर्व चासोक तङनामको अवसरमा आयोजित प्रतियोगिताको विजेता टिम गोधूलीले नगद ३ लाख २ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता इलामले भने, नगद १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्रमा चित्त बुझाउनु परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*