तमोर महिला कृषि सहकारीले एक वर्षमा कमायो १९ लाख ३९ हजार बढि खुद नाफा
ताप्लेजुङ । श्री तमोर महिला कृषि सहकारी संस्थाको आर्थिक वर्ष २०८०र८१ मा खुद नाफा १९ लाख ३९ हजार बढि रहेको छ । संस्थाले आज आफ्नो १५औं वार्षिक साधारणसभा मार्फत १९ लाख ३९ हजार ६५३ खुद नाफा रहेको जानकारी गराएको हो । यस्तै संस्थाको कुल आम्दानी भने ४३ लाख ५८ हजार ५८४ रुपैयाँ रहेको छ भने, २६ लाख ५२ हजार ८७९ रुपैयाँ खर्च भएको छ । संस्थामा भएको सम्पूर्ण खर्च कटाई खुद नाफा १९ लाख ३९ हजार ६५३ भएको संस्थाकी कोषाध्यक्ष इन्दिरा घिमिरेले जानकारी दिनुभएको छ । वि। सं। २०६७ सालमा सुरु भएको यस सहकारी संस्थामा आर्थिक वर्ष २०८०र८१ सम्म आइपुग्दा शेयर सदस्य सङ्ख्या वृद्धि भएर ६५० जना पुगेको संस्थाका अध्यक्ष निता सिवाले जानकारी दिनुभयो । संस्थाका शेयर सदस्यमा सत प्रतिशत महिला शेयर सदस्यमा मात्र भएको उहाँको भनाई छ । साथै बाल बचत कर्तामा जम्मा ३०५ जना बालबालिका रहेका छन् । ताप्लेजुङको सामुदायिक भवन सिटिहलमा सम्पन्न भएको संस्थाको १५औं साधारण सभा मार्फत विभिन्न विधामा शेयर सदस्यहरूलाई सम्मान गरिएको छ । थोरै बचत, धेरै मद्धतका साथ अघि बढेको यो संस्थाले महिलाहरूको हकहितका लागि विभिन्न कार्यहरू गरिरहेको संस्थाका उपाध्यक्ष तथा फुङ्लिङ नगरपालिकाका उप प्रमुख भिमादेवी ओझाले बताउँनुभयो । साथै यो संस्थाले आर्थिक वर्ष ८०र८१ मा सुत्केरी प्रोत्साहन, बाल बचत, सहकारी शिक्षा तालिम, प्राणघातक रोगका विरामिलाई उपचारको लागि सहयोग, विभिन्न कार्यक्रमहरूमा सम्मानजनक सहभागिता जस्ता गतिविधिहरू गरेको अध्यक्ष निता सिवाले बताउनुभयो ।


















