ताप्लेजुङ सिरिजंघा २ का वेपत्ता गौरीमान पौडेल मृत भेटिए

मदन गौतम
मंसिर ३, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका २ आम्बेगुदिनका ४३ बर्षिय गौरीमान पौडेल मृत भेटिएका छन । गत कात्तिक २७ गतेदेखि वेपत्ता भएका पौडेलको शव सिरिजंघा गाउँपालिका वडा नं १ काबेली खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी विवेक बस्नेतले बताउनु भयो । स्थानीय सबिन्द्र बिष्टले खोला किनारमा पुरुषको शव फेला परेको भनी अस्थायी प्रहरी चौकी पञ्चमीलाई खबर गरे पछि तत्काल घटना स्थलमा प्रहरी पुगेको जनाइएकोछ । वेपत्ता पौडेलको खोजीकार्य भैईरहेको थियो । सुचना अधिकारी बस्नेतका अनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ जान तयारी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*