फुङ्लिङ नगरपालिकाले स्वास्थ्य परीक्षण सहितको शिविर संचालन गर्ने
ताप्लेजुङ । फुङ्लिङ नगरपालिका ताप्लेजुङले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूका लागि मङ्सिर १ गतेदेखि १० गतेसम्म शिविर सञ्चालन गर्ने भएको छ । आर्थिक बर्ष २०८१।०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण परिचय(पत्र वितरण तथा आवश्यकता पहिचान गर्नका ११ वटै वडामा शिविर सञ्चालन गर्न लागेको हो।
शिविरमा आउँदा अपाङ्गता भएका व्यक्तिको नेपाली नागरिकताको सक्कल प्रमाण(पत्र परिचयपत्र नभएकाले अनिवार्य ल्याउनुपर्नेछ।अपाङ्गता भएका व्यक्तिहरूको अपाङ्गता परिचय(पत्र भएमा सक्कलै अपाङ्गता परिचय( पत्र , अपाङ्गता भएको व्यक्ति नाबालक भएको हकमा जन्मदर्ताको सक्कलै कागज र अभिभावकको नेपाली नागरिकताको सक्कलै प्रमाण(पत्र लिएर आउनुपर्ने नगरपालिका उपप्रमुख भिमा देवि ओझाले बताउनुभयो । यो कार्यक्रम जिल्ला भित्रका सबै पालिकामा संचालन भइरहेको छ । जन्मजात तथा जन्म पछि हुने अपाङ्गता रोक्नका लागि सहयोग पुग्ने र कार्यक्रम संचालन भएको फुङ्लिङ नगरपालिकाले जनाएकोछ ।


















