ताप्लेजुङको आँखा शिविरमा ७६ जनाको आँखाको शल्यक्रिया

मदन गौतम
कार्तिक २९, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित डिचेन डोङ्गला आँखा उपचार केन्द्रमा सञ्चालित तिन दिने निःशुल्क आखा शिविरमा ७६ जनाको आँखाको शल्यक्रिया गरिएकोछ । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ, फुङ्लिङ नगरपालिका र सेवा फाउन्डेसन काठमाडौँको संयुक्त आयोजनामा सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिन आँखा शिविर सञ्चालन गरिएको हो। शिविरमा आँखाको शल्यक्रिया गरिएकामध्ये ६२ जना मोतीबिन्दु भएका बिरामी र १४ जनाको आँखाको साधारण शल्यक्रिया गरिएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङ शाखाका सभापति राजकुमार गुरुङले बताउनुभयो ।
निशुल्क आखा शिविरमा ६७७ जना आँखाका बिरामीले सेवा प्राप्त गरेका डिचेन डोङ्गला आँखा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजीमान गुरुङले बताउनुभयो। गुरुङका अनुसार शिविरमा शल्यक्रिया र आँखाको उपचार तथा परीक्षण सेवा लिने पुरुष ३३५ जना र महिला ३४२ जना रहेका छन्। मेची आँखा अस्पतालका विशेषज्ञ डा समीर चापागाईँ नेतृत्वको टोलीले शिविरमा सेवा लिन आएका आँखाका बिरामीलाई सेवा प्रवाह गरेको नेत्रज्योति सङ्घले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*