पाथीभरामा दर्शनार्थीले अब क्युआरबाट पनि भेटी चढाउन सक्ने

मदन गौतम
कार्तिक २७, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरमा आउने दर्शनाथीले क्यूआर कोड मार्फत भेटी चढाउन सक्ने भएका छन् । लक्ष्मी सनराईज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले भेटी दान खाताको क्यूआर कोड तयार गरी मन्दिर क्षेत्रमा राख्ने भएको छ।

भक्तजन तथा भेटी चढाउन चाहनेले इन्टरनेट उपलब्ध भएमा उक्त क्युआरमार्फत रकम जम्मा गर्न सक्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार भक्तजनको सुविधाका लागि मन्दिर क्षेत्रमै यो व्यवस्था गरिने छ। हाङवाङका अनुसार लक्ष्मी सनराईज बैंकमा पाथीभरा क्षेत्र विकास समितिले भेटिपात्ती खाता सञ्चालन गरेको छ। उक्त क्यूआर कोडमार्फत दाताहरूले पठाएको रकम सोझै भेटिपात्ती खातामा जम्मा हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*