मानव तस्करीको आरोप लागेका अधिकारीलाई एमाले कोसीले गर्‍यो निलम्बन

मदन गौतम
कार्तिक २४, २०८१

ताप्लेजुङ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निर्वतमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा एमाले कोसी प्रदेश कमिटीले साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ । पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आज शनिबार प्रेस विज्ञप्ति निकालेर अधिकारीलाई लागेको आरोप निरुपण नभएसम्मका लागि पार्टीका कुनै पनि तहमा रहन नपाउने गरी कारबाही गरिएको हो। एमालेले अधिकारीको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीको गम्भीर आरोपको छानबिन र अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ। आरोप लागेपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*